Sunday, June 7, 2026
Homeअपराध र घटनागोरु काटेको आरोपमा काडमाडौंबाट ५ जना पक्राउ

गोरु काटेको आरोपमा काडमाडौंबाट ५ जना पक्राउ

काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शंखरापुर–३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबासहित पाँच जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बिहिबार बिहान सो ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको थियो । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले करिब ५ सय किलो गोरुको मासु बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका