गोरखा, १७ भदौ । काठमाडौँबाट आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस गोरखामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटनाग्रस्त भएको हो । बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।
उनका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


