Saturday, May 2, 2026
Homeकला/साहित्यगीति सङ्ग्रह ‘जनता के गीत गावत रहेम’को लोकार्पण

गीति सङ्ग्रह ‘जनता के गीत गावत रहेम’को लोकार्पण

लेखक डा. गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीत सङ्ग्रहको लोकार्पण गरिएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले उक्त गीति सङ्ग्रहको लोकार्पण गरेका हुन् ।

पुस्तकको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले गीत सङ्ग्रहमा श्रमजीवी वर्ग र उनीहरूको विचारलाई केन्द्रीत गरेर लेखिएका गीतहरू समावेश गरिएको आफूले पाएको बताउनुभयो । पार्टी र संगठनको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने ठाकुरले रचना सिर्जनाको माध्यमबाट जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको पनि अध्यक्ष प्रचण्डले बताए।

भोजपुरी भाषामा रहेको पुस्तक ‘जनता के गीत गावत रहेम’को अर्थ म जनताको गीत गाइरहनेछु भन्ने रहेको लेखक डा. गोपाल ठाकुरले बताए । पुस्तकमा २०३९ सालदेखि अहिलेसम्म लेखिएका ६१ वटा गीतहरू समावेश गरिएको छ। अधिकांश गीतहरू लोक लयमा आधारित रहेको र केही गीतहरू आफूले संगीत राखेर रेकर्ड गर्ने तयारी भइरहेको ठाकुरले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका