काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति Girija Prasad Koirala को १६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
चारपटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो। उनले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
विसं २०५९ असोज १८ गते तत्कालीन राजा Gyanendra Shah ले जननिर्वाचित प्रधानमन्त्री Sher Bahadur Deuba लाई अपदस्त गरेपछि देशमा राजनीतिक संकट गहिरिएको थियो। त्यसपछि भएका लोकतान्त्रिक आन्दोलनको नेतृत्व कोइरालाले गरेका थिए।
विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले दलमाथि प्रतिबन्ध लगाउँदै शासन आफ्नै हातमा लिएपछि कोइरालाले विभिन्न राजनीतिक दललाई एकीकृत गर्दै पूर्ण लोकतन्त्र पुनःस्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए।
उनकै नेतृत्वमा सम्पन्न People’s Movement II पछि विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए। यस घटनालाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भन्ने गरिन्छ। आन्दोलन सफल भएपछि कोइराला चौथोपटक प्रधानमन्त्री बनेका थिए।
पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाका सबै अधिकार कटौती गर्दै राजसंस्थालाई औपचारिक भूमिकामा सीमित गरेको थियो। कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजन तथा हतियार व्यवस्थापन सम्पन्न भएको थियो।
उनकै नेतृत्वमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भएको थियो, जसले नेपालको राजनीतिक रूपान्तरणमा ऐतिहासिक भूमिका खेलेको थियो। त्यससँगै सशस्त्र द्वन्द्वमा रहेको Communist Party of Nepal (Maoist) संसदीय बहुदलीय प्रतिस्पर्धामा सहभागी भएको थियो।
राजा ज्ञानेन्द्र निलम्बनमा परेपछि कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए। उनकै नेतृत्वमा विसं २०६५ जेठ १५ गते नेपालमा २४० वर्ष पुरानो राजसंस्थाको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो।
नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक रूपान्तरणमा पुर्याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस तथा यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी कोइरालाको स्मृति दिवस मनाइरहेका छन्।


