Wednesday, June 3, 2026
Homeमुख्य समाचारगर्मीमा आँखाको ख्याल कसरी गर्ने ?

गर्मीमा आँखाको ख्याल कसरी गर्ने ?

—आँखा पाक्ने ।

—आँखा सुख्खा हुने ।

—आँखा चिलाउने ।

—आँखा पोल्ने ।

—आँखा रातो हुने ।

—आँखा बिझाउने ।

—आँखाबाट आँसु आइरहने ।

धुँलोधूवाले गर्दा आँखा धमिलो हुने आदि समस्याहरू देखिन सक्छ । गर्मी याममा आँखाको हेरचाह गर्न विशेषज्ञ डा.खड्का यस्ता सुझाव दिन्छन् ।

— हावामा कार्वनमोनोअक्साइड र सल्फरडाइअक्साइड तत्त्व घुमिरहन्छन् । त्यसैले चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

—आँखालाई सधैँ सफा राख्ने, कम्तीमा दिनमा दुई तीन पटकसम्म चिसो पानीले आँखा पखाल्ने ।

—आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमालहरू प्रयोग नगर्ने

—साबुन पानीले राम्ररी हात धोएर मात्रै आँखा छुने ।

—आँखामा जथाभाबी औषधि प्रयोग गर्न हुँदैन ।

—आँखामा आएको कचेरालाई हातले नछुने, आँखामा हात छोइहाल्न परेमा साबुन पानी हात सफा गरेर मात्रै छुनुपर्छ ।

—आँखा सुक्खा भएको खण्डमा विशेषज्ञको सिफारिसमा औषधिको प्रयोग गर्नुपर्छ ।

– आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने

—सौन्दर्यका लागि आँखामा प्रयोग गरिने गाजल, आइलाइनर, मस्करा सकेसम्म अरूलाई प्रयोग गर्न नदिने ।

—राति सुत्नुअघि गाजल, आइलाइनर, मस्करा राम्रोसँग सफा  गर्ने  ।

—आफ्नो आँखा सफा गर्न प्रयोग गरेको रुमाल अरूलाई प्रयोग गर्न नदिने ।

– आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट जोखिनु पर्छ ।

—सकेसम्म आईड्रप्सको प्रयोग कमभन्दा कम प्रयोग गर्ने । आईड्रप्सको हानिकारक रसायनले आँखामा झन् ठुलो समस्या पैदा गर्न सक्छ ।

—बालबालिका पानी खेल्न मन पराउँछन् । त्यसैले फोहोर पानीबाट टाढा राख्ने । बाहिरबाट आउँदा सबै जनाले हात धुने बानी बसाल्ने ।

—प्रत्येक दिन ताजा खाना खाने, खानामा अनिवार्य रूपमा सागसब्जी, गेडागुडीको समावेश गर्ने ।

—बालबालिकाको खानामा प्रोटिन, भिटामिन ‘ए’ समावेश गर्ने ।

—धेरै धुवाँ धुलो र घाममा धेरै समय नबस्ने ।

—कम्प्युटर ल्यापटपमा काम गर्दा लगातार नहेरी बीचबीचमा विश्राम लिने ।

—मोबाइल, कम्प्युटर, टेलिभिजन हेर्दा अलि टाढै बसेर हेर्ने बानी बसाल्ने ।

आँखालाई पनि आरामको जरुरत पर्छ

लामो समयसम्म स्क्रिनमा हेरेर काम गर्ने, अध्ययनहरूको आँखा सुख्खा हुने पाइएको आँखा रोग विशेषज्ञहरू बताउँछन् । यस याममा धेरै हावा चल्ने र कम्प्युटरमा एकोहोरो हेर्दा आँखा सुख्खा हुन सक्छ । त्यसैले लामो समयसम्म मोबाइल, कम्प्युटर चलाउँदा बेलाबेलामाम आँखालाई आराम दिन आवश्यक छ । आँखामा कुनै समस्या देखिदा आफ्नो इच्छाअनुसार औषधिको प्रयोग गर्न हुँदैनन् । आँखा रोग विशेषज्ञको सल्लाहमा मात्रै औषधिको प्रयोग गर्नुपर्छ । पछिल्लो समय धेरै समयसम्म आँखाको सुख्खा हुने समस्या देखिएको छ ।

फोटो हामीसँगै छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका