गर्भावस्थामा एक दिनमा आधा कप कफी मात्रै पिउँदा पनि सानो बच्चा जन्मन सक्छन् । यो दाबी अमेरिकी वैज्ञानिकले आफ्नो हालैको अनुसन्धानमा गरेका हुन् । अनुसन्धानका अनुसार जन्मने बेला बच्चा सानो हुन्छ र भविष्यमा मोटोपना, मुटुरोग र मधुमेहको खतरा पनि हुने गर्छ ।
अनुसन्धानकर्ताले २ हजारभन्दा बढी भिन्न भिन्न देशका महिला अनुसन्धानमा समावेश गरियो । १२ भिन्न भिन्न स्थानमा यो अनुसन्धान भयो । अनुसन्धानमा संलग्न हुनका लागि ८ देखि १३ हीताका गर्भवती महिलाले रजिस्ट्रेशन गराएका थिए । यी सबै महिलाले धुम्रपान गर्दैनथे र उनीहरुलाई गर्भवती हुनु अघि कुनै पनि रोग लागेको थिएन ।
यस्तो किन भयो ? यसको कारण पनि थाहा पाउनुहोस्ः
अनुसन्धानकर्ताका अनुसार क्याफिनको असरका कारण पाठेघर र गर्भनाल खुम्चिने गर्छ । यसका कारण कोखमा हुर्किरहेको बच्चासम्म रक्तसञ्चार घट्न सक्छ । नतिजा यसको असर उनको विकासमा पनि पर्न सक्छ ।
यतिमात्रै होइन, यसका कारण बच्चाको हर्मोनल गडबडीको खतरा पनि रहन्छ र बच्चाले भविष्यमा मोटोपनाको सामना पनि गर्नुपर्ने सम्भावना छ ।
क्याफिन र इनर्जी ड्रिङ्कबाट टाढै बस्नुहोस्ः
अनुसन्धानकर्ताका अनुसार गर्भवती महिलाले क्याफिनयुक्त खानेकुरा जस्तै चिया, कफी वा इनर्जी ड्रिङ्क्स लिनबाट जोगिनुहोस् । यस्तै, हेल्थ एजेन्सी एनएचएसका अनुसार गर्भवती महिलाले २ सय मिलीलिटरभन्दा बढी क्याफिनको सेवन गर्नु हुँदैन ।
क्याफिनको कम सेवन गर्न आवश्यकः
नेशनल इन्स्टिच्युट अफ चाइल्ड हेल्थ एण्ड डेभलपमेन्टका अनुसन्धानकर्ता क्याथरिन ग्रेन्ट्ज भन्छन्, ‘गर्भावस्थामा क्याफिनयुक्त पेय पदार्थलाई कम गर्न आवश्यक छ । गर्भवती हुनुहुन्छ भने डाक्टरलाई कति क्याफिन लिने भनेर सोध्नुहोस्
रातोपाटीबाट साभार