काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले डा. भट्टलाई गभर्नर नियुक्त गर्न कानुनी योग्यता नपुगेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
दलहरूबीचको सहमतिका आधारमा कानुनी प्रक्रिया बेवास्ता गर्दै नियुक्ति गरिएको आरोपसहित रिट दर्ता गरिएको जनाइएको छ। सो रिट आइतबारको पेसीमा चढाइनेगरी पुरक निवेदनसमेत दर्ता भइसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
डा. भट्टले शुक्रबार मात्र कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर उनको राजीनामा हालसम्म स्वीकृत भइसकेको छैन।