Friday, June 5, 2026
Homeमुख्य समाचारगठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा आन्तरिक परामर्शमा

गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा आन्तरिक परामर्शमा

सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र काँग्रेसकै नेताहरुसँग आन्तरिक परामर्शमा जुटेका छन् ।  शुक्रबार बिहान सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र उपेन्द्र यादवसँग एमसीसीबारे छलफल गरेका प्रधानमन्त्री देउवाले त्यसलगत्तै गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री दिलेन्द्र बडुलाई बालुवाटार बोलाएर परामर्श थालेका हुन् । देउवासँगको परामर्शमा काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल पनि सहभागी छन् ।

शीर्ष नेताको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी स्थायी समितिमार्फत एमसीसीबारे ठोस निर्णय गर्ने र पार्टीको बैठक फागुन सातमा बोलाएकाले एमसीसी टेवल गर्न केही दिन रोक्न आग्रह गरेका थिए । नेता नेपालको आग्रहमा प्रधानमन्त्री देउवा सकारात्मक भएपछि पुनः गठबन्धनको बैठक फागुन ८ मा राख्न राजी भएका थिए ।

‘माधव नेपालको आग्रहअनुसार अर्को बैठक फागुन ८ मा राखिएको छ । त्यसका लागि एक हिसाबको अन्डरस्ट्याण्डिङ बिहीबारै भैसकेको थियो’, वालुवाटार स्रोतले भन्यो, ‘एमसीसीमा माधव नेपाल पोजेटिभ हुनुहुन्छ र उहाँले पक्षमा मतदान गर्छौ भनेर भन्नुभएको छ ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका