Sunday, November 8, 2026
Homeसामाचारखोलाले मोटरसाइकलसहित बगाउँदा श्रीमान बेपत्ता, श्रीमती घाइते

खोलाले मोटरसाइकलसहित बगाउँदा श्रीमान बेपत्ता, श्रीमती घाइते

धरान (सुनसरी)। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा एक जना बेपत्ता भएका छन् भने अर्की एक जना घाइते भएकी छन् ।

काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल दुधपानी खोला तर्दै गर्दा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

बेपत्ता हुनेमा सर्लाहीको हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी रहेका छन् । मोटरसाइकलमा सवार उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी घाइते भएकी छन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घटनापछि स्थानीयवासी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय चतरा तथा अस्थायी प्रहरी चौकी चतरा पुलका टोलीले मनिषको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका