Saturday, January 18, 2025
Homeअन्तराष्ट्रियखोप सहयोग गर्न प्रधानमन्त्री ओलीद्वारा बेलायतलाई आग्रह

खोप सहयोग गर्न प्रधानमन्त्री ओलीद्वारा बेलायतलाई आग्रह

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप सहयोग गरिदिनका लागि बेलायतसँग आग्रह गर्नुभएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग प्रधानमन्त्री ओलीले नेपालमा खोप अत्यावश्यक भएको भन्दै सहयोग गरिदिन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले बीबीसीकी दक्षिण एशिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने बताउनुभएको हो ।

सो कुराकानीको अवसरमा प्रम ओलीले भन्नुभयो, ‘म ब्रिटिश सरकारलाई, खासगरी प्रधानमन्त्री बोरिस जोनसनलाई नेपालको अवस्थाबारे जानकारी गराउँदछु कि हामी कसरी महामारीका कारण दुःख पाइरहेका छौँ । यसका लागि केही गरिदिन आग्रह गर्दछु ।’

नेपाली गोर्खा सैनिकहरूले बेलायतका लागि गरेको त्याग र सेवा सम्झेर पनि अहिले नेपाल अप्ठेरो अवस्थामा रहेकाले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयाे ।

पछिल्लो समय नेपाल कोरोना भाइरसको उच्च चपेटामा रहेको छ । यसै क्रममा चीनले १० लाख डोज खोप थप अनुदानमा दिइसकेको छ भने अमेरिकाले चाँडै खोप उपलब्ध गराउने बताएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका