काठमाडौं: युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ।
बिहीबार कांग्रेसका कार्यकर्ताले सानेपास्थित पार्टी कार्यालयमा मन्त्री चौधरीलाई कालोझण्डा देखाएका थिए। खेलकुदमन्त्रीको विरुद्ध नाराबाजी गर्दै उक्त विरोध प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’ लगायतका नारा लगाएका थिए। उनीहरूले खेलकुद मन्त्रीका गतिविधिहरूप्रति असन्तुष्टि जनाएका छन्।


