Sunday, May 31, 2026
Homeमुख्य समाचारखुल्यो आन्तरिक उडान, यात्रुको चापाचाप (१४ तस्बिरमा हेर्नुहोस्)

खुल्यो आन्तरिक उडान, यात्रुको चापाचाप (१४ तस्बिरमा हेर्नुहोस्)

करिब २ महिना लामो बन्दाबन्दी पछि बिहीबारदेखि आन्तरिक उडान सञ्चालनमा आएको छ । उडान खुलेसँगै बिहीबार बिहान रातोपाटीकर्मी पुग्दा यात्रुहरुको चापाचाप देखिन्थ्यो ।

गत असार ७ गतेको सरकारको निर्णय अनुसार कोटा प्रणाली लागू गरी उडान सञ्चालनमा आएको हो ।
त्रिभूवन विमानस्थलका अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्वीकृति पाएका छन् ।

ठूला कम्पनीहरु बुद्ध एयर, यति एयर, श्री एयर र सौर्य एयरले आज विहानै देखि उडान शुरु गरिसकेका छन् भने साना गन्तव्यका उडान भर्ने ८ कम्पनीले उडान शुरु गर्न बाँकी रहेको नियामक निकाय नागरिक उड्यान प्राधिकरणका प्रवक्ता राजेन्द्र क्षेत्रीले रातोपाटीलाई जानकारी दिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका