Friday, February 7, 2025
Homeसामाचारखुट्टाले बज्र थिचेका खेम सेन्चुरीलाई शिव परियारले दिए यस्तो सुझाव

खुट्टाले बज्र थिचेका खेम सेन्चुरीलाई शिव परियारले दिए यस्तो सुझाव

काठमाडौं: गायक शिव परियारले खेम सेन्चुरीलाई सुझाव दिएका छन् कि उनले आफूलाई अन्य कलाकार जस्तो बनाउनको लागि प्रयास नगर्नुहोस्। भ्वाइस अफ नेपालमा जर्जको रूपमा देखा परेका परियारले बर्जर थिच्ने विषयमा व्यापक आलोचना भएसँगै यस्तो टिप्पणी गरेका हुन्। खुट्टाले बर्जर थिच्ने नक्कल अरू कसैबाट गरेको भन्ने परियारको धारणा छ।

“खेम भाइको भिडियो हेर्दा अलिकति अस्वाभाविक लाग्यो। भविष्यमा आफूलाई छोडेर अरूको जस्तो बन्ने प्रयास नगर्नुहोस्,” उनले सामाजिक सञ्जालमार्फत भनेका छन्। “मौलिक खेम सेन्चुरी नै नेपाली लोकसंगीतलाई प्रिय र आवश्यक छ। आफूलाई छोडेर अरुजस्तो बन्ने प्रयास गर्दा प्रायः नकारात्मक अनुभवहरू सिर्जना हुने गर्छ। भाइको अवस्थाले भविष्यमा सोच्नुपर्ने विषय हो।”

परियारले संगीतमा केही विवाद उत्पन्न हुँदा जात, धर्म, वर्गमाथि आक्रमण हुने विषयमा धारणा राखेका छन्। “मैले पढेको संगीतको शास्त्रमा संगीतको कुनै जात, धर्म, वर्ग, रंग र भूगोल हुँदैन भनेर उल्लेख छ। म त्यही शास्त्रको आधारमा संगीतमा जीवनको यात्रा गरिरहेको छु,” उनले थपे। “तर मेरो देशमा संगीतकार कलाकारको विवाद आउँदा पहिलो हमला जात र वर्गमा गरिन्छ। यसपटक पनि यही भयो।” परियारले सामाजिक सञ्जालमा जात भनेर गाली गर्नेहरूलाई संगीतका श्रोता नभई जातका श्रोता र हिमायती रहेको टिप्पणी गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका