Wednesday, June 3, 2026
Homeमुख्य समाचारक्विन्टलको ढकले पनि गठबन्धन गर्ने अवस्था आइसक्यो : देवेन्द्र पौडेल

क्विन्टलको ढकले पनि गठबन्धन गर्ने अवस्था आइसक्यो : देवेन्द्र पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेट्न निवास पुग्दा उनी हस्याङ्फस्याङ गर्दै थिए । शनिबार सबैले छुट्टी मनाइरहँदा मन्त्री पौडेललाई भने विभिन्न कार्यक्रम भ्याउने चटारो थियो । ‘ल छोटै भए पनि कुरा गरौँ,’ मन्त्री पौडेलले भनेपछि कुराकानी अगाडि बढायौँ ।

कुराकानीमा मन्त्री पौडेल २०७४ सालको स्थानीय निर्वाचनको भन्दा माओवादीको अवस्था सुध्रिएको भन्दै आशावादी देखिए । ‘पहिले भन्दा बलियो भएका छौँ । पहिले भन्दा धेरै स्थानीय तह जित्छौँ,’ उनको भनाइ थियो । सानातिना विभाजनले गण्डकीमा माओवादीलाई असर नगर्ने उनको हिसाब छ । गठबन्धन भएपछि एमालेलाई सङ्कट परेको पनि उनको बुझाइ छ । प्रस्तुत छ आसन्न स्थानीय तहको निर्वाचनकै सेरोफेरोमा केन्द्रित रहेर मन्त्री पौडेलसँग वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अंश :

गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्येबाट माओवादीले कति जित्ने आँकलन छ?

हामीले यसअघिको निर्वाचनमा पाँच स्थानीय तह जितेका थियौँ । अहिले त्यो भन्दा बढी जित्छौँ । पहिला माओवादी पार्टीको जे जस्तो स्थितिमा थियो त्योभन्दा पर गएर सुदृढ भएको छ । त्यो बेला माओवादी पार्टी विभाजनको असर गोरखा लगायत समग्र गण्डकीका जिल्लामा परेको थियो । अहिले त्यो घाउ केही छैन ।  सबै पुरिएको छ । त्यसैले पहिले भन्दा बलियो भएका छौँ । पहिले भन्दा धेरै स्थानीय तह जित्छौँ ।

अर्को कुरा हामीले आफ्नै संगठनको बलमा चुनाव जित्ने भन्ने छ । यदि त्यसो हुन नसकेमा चुनावी तालमेल गरेर सहभागी हुने छौ । यदि तालमेल भयो भने एकल रूपमा जित्ने भन्दा बढी जित्छौँ ।

माओवादीले भित्री रूपमा आँकलन गरेको होला नि फेरि भनिदिनुस् कति सिट जित्नुहुन्छ?

अहिले नै भन्न सकिँदैन । किनकि गठबन्धनमा संवादहरू चलिरहेका छन् । पहिलेको भन्दा हामीले एक्लै पनि राम्रो गर्न सक्छौँ भन्ने रिपोर्ट छ । चुनावी तालमेल गर्दा वामपन्थीहरू पहिलो शक्ति माओवादी बन्छ र गठबन्धनमा भएका दलहरूले एकले अर्कोलाई भोट हाल्ने स्थिति बन्नु पर्छ ।

अघिल्लो चुनावमा चार जिल्लामा पाँच स्थानीय तह मात्रै जित्नु भयो । सात जिल्लामा निल भयो । हारेका अधिकांश स्थानीय तहमा तेस्रो हुनुहुन्छ । कसरी राम्रो नतिजा ल्याउनु हुन्छ

तेस्रो भएको शक्तिलाई पहिलो बनाउने सम्भव छ । राजनीतिमा सकिँदै नसकिने भन्ने हुँदैन । माओवादी मन वचनदेखि लाग्यो भने पहिलो हुन सक्छ । माओवादीमा त्यो आत्मविश्वास देखेको छु । तपाईंले भने जस्तो गण्डकीमा माओवादी कमजोर छैन ।  हामीले पछिल्लो समय संगठन बलियो बनाएका छौँ । कर्णाली र सुदूरपश्चिम क्षेत्रको तुलनामा गण्डकी कमजोर देख्नु स्वाभाविकै हो । यद्यपि तपाईंले भने जस्तो कमजोर भन्ने छैन । अस्ति भर्खरै पोखरामा प्रदेश स्तरीय प्रशिक्षण भयो । त्यहाँ उत्साहजनक सहभागिता भयो ।

प्रदेशका ८५ पालिका र वडाबाट माओवादीको कमिटी बनाएर सक्रिय बनाएको छ । सबै ठाउँमा पार्टीका संरचनाहरू बनेका छन् । सबै ठाउँमा माओवादीको बलियो भई प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेको छ ।

माओवादीको पूर्वी क्षेत्रमा कमजोर भनिन्थ्यो तर सातै प्रदेशमध्ये गण्डकी नतिजामा सबैभन्दा कमजोर देखिएको हो नि?

कमजोरै जस्तो मलाई लाग्दैन । यस अघिको निर्वाचनलाई हेर्नुभयो भने पाँच स्थानीय तह जितेको छ । पार्टीको संगठन र सदस्यलाई हेर्दा कमजोर छैन । फेरि अरू पार्टीहरू पनि सक्रिय भएको हुनाले समस्या हुन सक्छ । तर माओवादी गण्डकीमा देशैभरका कमजोर भयो भन्ने साँचो होइन ।

एमाले फुटको असर तपाईंहरूले लिने सम्भावना छ कि छैन?

एमाले विभाजनको असर सबैतिर छ । गण्डकीको चित्र हेर्दा काँग्रेस पहिलो पार्टीको रूपमा छ । त्यसपछि एमाले र माओवादी छ । तेस्रो पनि पहिलो र दोस्रोको भन्दा थोरै मत अन्तरले छ । एमाले फुटको असर तुलनात्मक रूपमा कम धेरै परेको छ । मनोवैज्ञानिक रुपमा पनि त्यसको असर भयानक पर्नेवाला छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका