Saturday, June 6, 2026
Homeमुख्य समाचारको बन्दैछ एकीकृत समाजवादीको महासचिव ?

को बन्दैछ एकीकृत समाजवादीको महासचिव ?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले बिहीबार महासचिवको टुंगो लगाउने भएको छ। मंगलबारदेखि जारी केन्द्रीय कमिटीको बैठक महासचिव चयनका लागि एक दिन थप भएको हो।

प्रचार विभाग प्रमुख खतिवडाले बिहीबार महासचिवको छनोट हुने जानकारी दिए। पार्टीको महासचिवका लागि बेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, डा. विजय पौडेल, रामकुमारी झाँक्री, प्रकाश ज्वाला, डा. गंगाधर तुलाधरको चर्चा छ। उनीहरुमध्ये भुसालको सम्भावना बलियो रहेको समाजवादी निकट नेताहरु बताउँदै आएका छन्।

एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) लाई विकसित गर्ने राजनीतिक नीति लिएको छ। पार्टीको केन्द्रीय कमिटीको बुधबारको बैठकले अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन पारित गर्दै जबजलाई नछोडने नीति लिएको हो। पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य मान्यतासहितको वैज्ञानिक समाजवाद भएको प्रतिवेदनमा उल्लेख छ।

समूहगत छलफलपछि सुझावसहित अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित भएको खतिवडाले जानकारी दिए। राजनीतिक प्रतिवेदनमा छलफल गर्न रामकुमारी झाँक्री, रामचन्द्र साह, रमा आले, श्रीप्रसाद साह र दिनेश राईले समूहको नेतृत्व गरेका थिए। उनले तीन महिनाभित्र पार्टीको महाधिवेशन गरिने बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका