Monday, January 13, 2025
Homeदेश र प्रदेशकोहलपुरमा दुर्घटनाका मृतक पाँचै जनाको सनाखत (अपडेट)

कोहलपुरमा दुर्घटनाका मृतक पाँचै जनाको सनाखत (अपडेट)

बुटवल । गएराति बाँके जिल्लाको कोहलपुरमा यात्रुबाहक बस र  टिप्पर ठोक्किँदा भएको दूर्घटनामा परि मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय  बाँकेका  प्रवक्ता डिएसपी सुरज  खत्रीका अनुसार दूर्घटनामा परि ज्यान गुमाएका मध्ये अन्दाजी ३२ वर्षीया महिलाको शनिवार विहान सनाखत भएको हो । उनी सिराहा जिल्लाको सुखीपुर गाउँपालिका वडा नं. ३ की अम्बिका कान्ती रहेको खुल्न आएको छ ।
अन्य मृतकहरुमा कोहलपुर नगरपालिका वडा नं. १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ का २५ बर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत जिल्लाको साटाखानीका ४० बर्षीय जिवनकुमार बिक र झापा जिल्लाको मेचिनगरपालिका वडा नं. १० का ४५ का छत्रबहादुर कटुवालको  राती नै सनाखत  भएको  थियो  ।

मृतकमध्ये  कोहलपुरका दुई जना टिप्परका चालक र परिचालक   हुन्  । मृतक अन्य तीनजना बसमा सवार यात्रुहरु रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण  अस्पतालमा  मृत्यु  भएको  हो  । ३८ जना  घाइते  मध्ये  २ जना  सेना २ जना सशस्त्र प्रहरीको  अस्पतालमा  पठाइएको  र  २४ जनाको  नेपालगन्जमा नै उपचार  भैरहेको  डिएसपी खत्रीले बताए ।

रातोपातीबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका