काठमाडौँ, १० भदौ– हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुनेछ। कोशी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रका केही ठाउँ र तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, आज राति पनि पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य प्रदेशका केही ठाउँमा समेत मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।


