Monday, January 20, 2025
Homeमुख्य समाचारकोभिडका कारण अर्थ मन्त्रालय प्रवेशमा रोक, मन्त्रीले बन्द गरे भेटघाट

कोभिडका कारण अर्थ मन्त्रालय प्रवेशमा रोक, मन्त्रीले बन्द गरे भेटघाट

काठमाडौं । कोरोनाको त्रास बढ्दै गएपछि अर्थ मन्त्रालयले आगन्तुकलाई गेटमै रोक्न थालेको छ । अर्थ मन्त्रालय बजेट निर्माणमा व्यस्त हुँदै गर्दा बजेट सम्बन्धि विभिन्न सुझाव लिएर पुग्नेहरुलाई पनि मन्त्रालय भित्र छिर्न दिइएको छैन ।
अर्थ मन्त्रालयका एक अधिकारीले अर्थमन्त्रीले दिउँसो २ देखि ४ बजेसम्मको समय भेटघाट गर्ने भएपनि अहिले त्यो रोकिएको बताएका छन् । कर्मचारीहरु नै एक अर्कालाई अत्यावश्यक काम बाहेक भेट्न जाँदैनन् ।

मन्त्रालय आगामी आर्थिक वर्ष (२०७८/७९) को बजेट निर्माणमा छ । अबको एक महिनामा बजेट पेश हुनेछ । अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि बजेट सम्बन्धि सुझाव मागेका छन् । हालसम्म उनको व्यक्तिगत फेसबुकबाट मागिएको सुझावमा ९ सय ९४ जनाले सुझाव दिएका छन् ।

रातोपाती बाट साभार
सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका