Saturday, May 2, 2026
Homeकला/साहित्यकृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ पुस्तक सार्वजनिक

कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ पुस्तक सार्वजनिक

आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलले लेखेको ‘विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा ढुङ्गेयुगदेखि विद्युतीय चमत्कारसम्मका मानिसले हासिल गरेका प्रगति, उपलब्धि र वैभवका अन्तरकथा समेटिएको छ ।

लेखक पौडेलले भने, ‘पुस्तकमा मूलतः सुमेर सम्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको क्रान्तिकारी छलाङका रोमान्टिक परिकघटनाहरु समावेश गर्ने कोशिश गरेको छु । युद्ध र प्रतिकूलताका कठिन र निरस विवरण मात्रै नभई विजय, शान्ति र सिर्जनाका अभिलेख, धार्मिक-सांस्कृतिक जडताले अन्धकारमय बनेका प्राचीनता एवं नवीन किरणहरुले प्रकाशमय आधुनिकताका सन्दर्भहरु पनि यस पुस्तकमा छन् ।’

म्याग्दीमा जन्मिएका लेखक पौडेल डेनमार्कमा बस्दै आएका छन् । बुकहिल पब्लिकेसनले प्रकाशन गरेको सात खण्डमा विभाजित २९६ पृष्ठको पुस्तकको मूल्य ५५५ रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका