Monday, January 20, 2025
Homeमुख्य समाचारकुनै सहमति भएको छैन, भ्रममा नपर्नुस् : माधव नेपाल

कुनै सहमति भएको छैन, भ्रममा नपर्नुस् : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अहिलेसम्म अध्यक्ष ओलीसँग कुनै सहमति नभएको प्रस्ट पारेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले आफुहरु सिद्धानतनिष्ठ क्रान्तिकारी, नीति र विधिको आधारमा एकताबद्ध एमाले चाहाने भन्दै त्यसका लागि वार्ता र लचकता अपनाउने तर अहिलेसम्म कुनै सहमति नभएको बताएका हुन् ।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन’, नेता नेपालको भनाइ छ ।

उनले  २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै बटम लाइन भएको पनि प्रस्ट पारेका छन् । ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअलमलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं’, नेपालको प्रस्टिकरण छ ।

रातोपाटीबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका