Wednesday, May 21, 2025
Homeमनोरन्जनकीर्तिको योग शिक्षा

कीर्तिको योग शिक्षा

एजेन्सी : दक्षिण भारतीय चलचित्रकी चर्चित कलाकार कीर्ति सुरेश कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण घरभित्रै सीमित छिन्। तथापि उनी सामाजिक सञ्जालमा भने निकै सक्रिय भइरहेकी छन्। उनले केही दिनअघि कोरोना कहरमा तनावबाट कसरीमुक्ति पाउने भनेर सामाजिक सञ्जालमार्फत चर्चा गरेकी थिइन्।

इन्स्टाग्राममा सेयर गरेको तस्बिरमा उनी योगगर्दै गरेको देखिन्छिन्। तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, ‘दिनमा एक पटक गरिएको योगले पनि तनावलाई टाढै राख्छ।’ उनको यो भनाइलाई फ्यानहरूले पनि निकै मन पराएका छन्। उनीहरूले कीर्तिलाई योग गरेका अरू आसनको पनि तस्बिर सेयर गर्न आग्रह गरेका छन्।

कीर्तिले विश्व वातावरण दिवसका अवसरमा पनि पृथ्वीको सुरक्षाका लागि जुट्न आग्रह गरेकी थिइन्। इन्स्टाग्राममा सन्देश लेख्दै उनले भनेकी थिइन्, ‘यदि तपाईं राम्रो संसार चाहनुहुन्छ भने तपाईं पनि दुनियाँलाई राम्रो बनाउनुस्।’ पृथ्वीको सुरक्षाका लागि काम गर्दै गरेको एउटा तस्बिर सेयर गर्दै उनले लेखेकी थिइन्, ‘सानो हातले पनि दुनियाँलाई बदल्न सक्छ। विश्व वातावरण दिवसको शुभकामना।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका