Saturday, November 8, 2025
Homeसामाचारकिसानलाई निःशुल्क घाँसको बीउ

किसानलाई निःशुल्क घाँसको बीउ

कैलालीको टीकापुर नगरपालिका पशु सेवा शाखाले व्यावसायिक पशुपालनमा लागेका किसानलाई निःशुल्क घाँसको बीउ वितरण गरेको छ। व्यावसायिकरूपमा पशुपालन गरिरहेका समूह तथा कृषि फार्मलाई बर्खे टियोसेन्टी जातको घाँसको बीउ वितरण गरिएको हो ।

पशुपालक किसानका पशुलाई घाँसको परिपूर्ति र पशुपालन गर्दा घाँसका बारेमा जनचेतना जगाउनका लागि बीउ वितरण गरेको पशु शाखा प्रमुख श्यामराज पाण्डेले बताउनुभयो । “नगरपालिकाले पशुपालनमा किसानलाई आकर्षित गराउने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । हामीले बीउ वितरण, पशुको उपचार र गाउँगाउँमा पशु शिविरजस्ता कार्यक्रम गर्ने गरेका छौँ”, पाण्डेले भन्नुभयो, “नगरपालिकाले पशुपालनमा लागेका किसानलाई गोठ निर्माणलगायतका काममा अनुदानसमेत दिने गरेको छ ।”

पशुपालनमा लागेका किसान तथा व्यावसायिकरूपमा पशु फार्म सञ्चालन गरेका किसानलाई पशुको सङ्ख्या हेरेर एक किसानलाई पाँचदेखि २० किलोसम्म घाँसको बीउ वितरण गरिएको छ । नगरपालिकाले १० क्विन्टल टियोसेन्टी जातको घाँसको बीउ वितरण गरेको पाण्डेले बताउनुभयो । “टीकापुर मासु र दूधमा आत्मनिर्भर बनिसकेको छ । यहाँ उत्पादन भएको मासु, दूध अन्य जिल्ला निकासी हुने गरेको छ”, उहाँ भन्नुहुन्छ, मासु तथा दूधको खपत पनि राम्रो भएकाले किसानको समेत आकर्षण बढेको छ । पशुपालनमा युवाको आकर्षण बढेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका