काठमाडौँ, २१ साउन — बर्दियास्थित किरिनखोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेपछि जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै किरिनखोलाको जलसतह बढिरहेको जनाउँदै तटीय बस्ती र डुबान भइरहने होचा स्थानमा बसोबास गर्नेहरूलाई सतर्क रहन अनुरोध गरेको हो। विभागले बुधबार बिहानसम्मका लागि विशेष सावधानी अपनाउन सबैको ध्यानाकर्षण गराएको छ।
यसअघि, रुकुम पश्चिमको ठूलो भेरी नदीको रिम्ना जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरेको र लगातार बढ्दो क्रममा रहेकाले त्यहाँ पनि सावधानी अपनाउन विभागले आग्रह गरिसकेको छ।


