काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १ हजार १७८ जना सवारी चालकलाई कारबाही गरेको छ ।
बिहीबार बिहानसम्म गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६६ जना चालक कारबाहीमा परेका छन् । यस्तै, सिसिटिभीमार्फत ६९ जना र रातो बत्ती उल्लङ्घन गर्ने ६६ जना चालकलाई कारबाही गरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने १४१ जना, हर्न निषेध उल्लङ्घन गर्ने ४२ जना र लेन क्रस गर्ने ७५ जना चालक कारबाहीमा परेका छन् ।
यसैगरी, सवारीको अवस्था ठीक नभएका ३५ जना, एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने २१ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ६६३ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।


