Tuesday, August 18, 2026
Homeसामाचारकाठमाडौं उपत्यकामा २४ घण्टामा १ हजार १०३ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा २४ घण्टामा १ हजार १०३ चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको जाँचका क्रममा १ हजार १०३ जना सवारी चालकलाई कारबाही गरेको छ।

मंगलबार बिहानसम्म गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६४ जना चालक कारबाहीमा परेका छन्। यस्तै, सिसिटिभीमार्फत ६६ जनारातोबत्ती उल्लङ्घन गर्ने २६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने १४४ जना, हर्न निषेध उल्लङ्घन गर्ने ३८ जना, लेन क्रस गर्ने ५६ जना, सवारीको अवस्था ठिक नभएका ३४ जनाएकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने १६ जना चालक कारबाहीमा परेका छन्।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ६५९ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका