Thursday, August 6, 2026
Homeसामाचारकाठमाडौं उपत्यकामा २४ घण्टामा १,१७३ चालक ट्राफिक कारबाहीमा, सबैभन्दा बढी अन्य नियम...

काठमाडौं उपत्यकामा २४ घण्टामा १,१७३ चालक ट्राफिक कारबाहीमा, सबैभन्दा बढी अन्य नियम उल्लंघन गर्ने

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १७३ जना सवारी चालकलाई कारबाही गरेको जनाएको छ।

बिहीबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६ जना, सिसिटिभीमार्फत ट्राफिक नियम उल्लंघन गरेको पाइएका ८० जना तथा रातोबत्ती उल्लंघन गर्ने ५५ जना चालक कारबाहीमा परेका छन्।

यस्तै, तीव्र गतिमा सवारी चलाउने ९० जना, हर्न निषेध क्षेत्रको नियम उल्लंघन गर्ने ४१ जना, लेन मिच्ने ४४ जना, प्राविधिक अवस्था ठीक नभएका सवारी चलाउने १८ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ३५ जना चालकलाई पनि कारबाही गरिएको छ।

यसका अतिरिक्त विभिन्न अन्य ट्राफिक नियम उल्लंघन गर्ने ८०४ जना चालकलाई समेत कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित रूपमा निगरानी तथा जाँच अभियान सञ्चालन भइरहेकाले ट्राफिक नियमको पूर्ण पालना गर्न सबै चालकलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका