Saturday, November 7, 2026
Homeसामाचारकाठमाडौंमा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुने

काठमाडौंमा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुने

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ति उल्लङ्घन गर्ने, सडक लेन तोड्ने लगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूका लागि ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन गर्ने भएको छ।

कार्यालयका अनुसार, **कात्तिक ११ गते (मंगलबार)**देखि रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमा सचेतना कक्षा सञ्चालन हुनेछ।

कक्षा सार्वजनिक बिदा बाहेक प्रत्येक दिन तलका समयमा सञ्चालन हुनेछन् —
१. बिहान ९:०० देखि १०:०० बजे
२. बिहान १०:३० देखि ११:३० बजे
३. दिउँसो १२:०० देखि १:०० बजे
४. दिउँसो १:३० देखि २:३० बजे
५. दिउँसो ३:०० देखि ४:०० बजे

शुक्रबारका दिन भने बिहान ९:०० देखि दिउँसो २:३० बजेसम्म मात्र कक्षा सञ्चालन हुने जनाइएको छ।

त्यसैगरी, कार्यालय समयमा उपस्थित हुन असहज हुने सेवाग्राहीहरूको सहजताका लागि हरेक शनिबार बिहान १०:०० देखि १२:०० बजेसम्म दुईवटा अतिरिक्त कक्षा सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने चालकहरूलाई अनिवार्य रूपमा सचेतना कक्षामा सहभागी हुन आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका