काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको विमानको एउटा इन्जिनमा समस्या देखिएको छ।
विमान उडेको केही समयमै इन्जिनमा आगो लागेको संकेत देखिएपछि विमान फर्काउने प्रयास गरिएको थियो। तर, केहीबेर काठमाडौंको आकाशमा फन्को मारेपछि वैकल्पिक व्यवस्था गर्दै विमानले भारतको कोलकाता विमानस्थलमा अवतरण अनुमति लिएर त्यतै गएको स्रोतले जनाएको छ।
विमानस्थल स्रोतका अनुसार विमान उडेलगत्तै प्राविधिक समस्या देखिएको थियो। यात्रु तथा चालक दलको सुरक्षालाई प्राथमिकता दिँदै विमानलाई कोलकाता डाइभर्ट गरिएको बताइएको छ।


