Saturday, January 18, 2025
Homeसामाचारकाठमाडौंको न्यूनतम तापक्रम घट्यो, साँझ खण्डित वर्षा हुन सक्ने

काठमाडौंको न्यूनतम तापक्रम घट्यो, साँझ खण्डित वर्षा हुन सक्ने

काठमाडौंमा शनिबारभन्दा आइतबारको न्यूनतम तापक्रम केही घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ। यो शनिबारको ५.७ डिग्री सेल्सियस तापक्रमभन्दा थोरै कम हो।

मौसमविद् बिनु महर्जनका अनुसार, पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आइतबारदेखि काठमाडौंमा पनि पर्न थालेको छ। यसका कारण दिउँसो हल्का बादल लाग्नेछ र अधिकतम तापक्रममा पनि केही कमी आउने सम्भावना छ। आइतबार काठमाडौंको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीचमा रहने अनुमान गरिएको छ।

त्यसैगरी, साँझपख खण्डित वर्षा हुने सम्भावना रहेको मौसमविद् महर्जनले बताइन्। “माथिल्लो भूभागमा छिटपुट रूपमा वर्षा हुन सक्छ,” उनले भनिन्।

एक सातामा न्यूनतम तापक्रमको उतारचढाव

काठमाडौंको न्यूनतम तापक्रममा गत आइतबारदेखि उतारचढाव देखिएको छ।

आइतबार: ७.२°C
सोमबार: ८.१°C
मंगलबार: ७°C
बुधबार: ६.३°C
बिहीबार: ४.५°C
शुक्रबार: ४.६°C
शनिबार: ५.७°C
आइतबारको न्यूनतम तापक्रम ५°C मा झरेसँगै काठमाडौंमा चिसो बढ्न थालेको संकेत देखिएको छ। मौसमविद्हरूले यस साता तापक्रममा अझै केही कमी आउने सम्भावना औंल्याएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका