काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सांसद रामहरि खतिवडाको पिता जीवनाथ खतिवडाको निधन भएको छ ।
आइतबार साँझ ७७ वर्षको उमेरमा उनले अन्तिम श्वास लिनुभएको हो ।
स्वर्गीय खतिवडा लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उहाँको पार्थिव शरीरलाई सोमबार (आज) पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।


