Monday, May 18, 2026
Homeराजनीतिकांग्रेस केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

कांग्रेस केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा नेतृत्वको पार्टीले केन्द्रीय लेखा समितिमा तीन जनालाई सदस्य पदमा मनोनयन गरेको छ।

पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा ३८ उपधारा (१०) बमोजिम भरत कुमार साह को संयोजकत्वमा गठित समितिमा नयाँ सदस्यहरू नियुक्त गरिएको हो।

समितिको सदस्यमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई मनोनयन भएका छन्। नेपाली कांग्रेसले पार्टीको आन्तरिक आर्थिक अनुशासन र लेखा व्यवस्थापनलाई प्रभावकारी बनाउन समिति विस्तार गरिएको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका