Friday, February 7, 2025
Homeसामाचारकस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । देशभर हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै भूभागमा भने बिहान हुस्सु र कुहिरो लागिरहेको छ।

आज कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानमा मौसम मुख्यतया सफा रहने सम्भावना छ। गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा भने आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान छ।

विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ। तराई र उपत्यकाका धेरै ठाउँमा बिहान हुस्सु र कुहिरोले ढाक्ने सम्भावना छ।

मौसमको यस परिस्थितिले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात, र हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका