Monday, January 20, 2025
Homeसामाचारकलंकी थापा गाउँमा एक युवकको हत्या

कलंकी थापा गाउँमा एक युवकको हत्या

कलंकी थापा गाउँमा एक युवकको हत्या गरिएको छ ।

महानगरीय प्रहरी बृत्त कालीमाटीका डिएसपी अपिलराज बोहोराका अनुसार गएराति ढुङ्गा प्रहार गरी युवाको हत्या गरिएको हो ।

हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिएसपी बोहोराकाअनुसार सिन्धुली सुनकोशी घर बताउने २१ वर्षीय दिनेश थापालाई पक्राउ गरि थप अनुसन्धानका लागि कालिमाटी वृत्त पठाएको छ ।

ढुङ्गा प्रहारबाट सख्त घाइते भएका युवकको शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी बोहोराले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका