Tuesday, May 26, 2026
Homeलोकसेवा तथा रोजगारीकर्णाली लोकसेवाले माग्यो ३७३ कर्मचारी

कर्णाली लोकसेवाले माग्यो ३७३ कर्मचारी

कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

सहायक प्रशासन,  प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागिएको हो ।

सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ १६८ र महिला विकाससँगै स्वास्थ्यतर्फ १४० सिट छ । खुला, महिला, दलित, आदिवासी जनजाति र मधेसी कोटामा सिट छुट्याइएको छ ।

योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

अप्राविधिकको प्रथम पत्र १७ वैशाख, प्राविधिक ६ जेठदेखि २१ जेठसम्म र महिला विकासको ५ जेठमा परीक्षा हुनेछ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका