Saturday, August 15, 2026
Homeसामाचारकर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ सम्पन्न, तीन जिल्लामा शतप्रतिशत

कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ सम्पन्न, तीन जिल्लामा शतप्रतिशत

काँक्रेविहार (सुर्खेत), २० साउन — कर्णाली प्रदेशमा यो वर्षको धान रोपाइँ कार्य ९६ प्रतिशत सम्पन्न भएको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ। कुल ४१ हजार ४२ हेक्टर धानखेतीयोग्य जमिनमध्ये हालसम्म ३९ हजार ५९४.९ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको हो।

निर्देशनालयका निमित्त निर्देशक तिलकप्रसाद पाण्डेका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्ला, हुम्ला र डोल्पा जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ।

जुम्ला — २,८९० हेक्टर

हुम्ला — ५८५ हेक्टर

डोल्पा — १९८ हेक्टर

चार जिल्लामा ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ:

जाजरकोट — २,६४५ हेक्टरमध्ये २,६२३ हेक्टर (९९.२%)

सल्यान — ६,१३४ हेक्टरमध्ये ६,०७२ हेक्टर

मुगु र रुकुम पश्चिम — दुबैमा ९९ प्रतिशत रोपाइँ

कालिकोटमा २,४६२ हेक्टरमध्ये ९८ प्रतिशत (२,४१२ हेक्टर) मा रोपाइँ सकिएको छ।

प्रदेशको सबैभन्दा धेरै धानखेती हुने सुर्खेतमा भने हालसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

कुल १४,९२१ हेक्टरमध्ये १४,१७४.९५ हेक्टरमा रोपाइँ भएको छ।

दैलेखमा ७,६२० हेक्टरमध्ये ७,०८६.६ हेक्टरमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका