Monday, January 20, 2025
Homeसामाचारकरेन्ट लागेर मृत्य

करेन्ट लागेर मृत्य

दार्चुला : दार्चुलामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको दुहूँ गाउँपालिका ३ का अन्दाजी ५५ वर्षीय पदमबहादुर बमको विद्युत पोलबाट लिक भएको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले बताए। उनका अनुसार आइतबार मौरी घार हेर्न गएका बेला करेन्ट लागेर उनको ज्यान गएको हो  ।

घार हेर्न गएका बम आइतबार अबेरसम्म नफर्केपछि खोजी गर्दा नौ बजेतिर विद्युतको पोल नजिक मृत अवस्थामा फेला परेका थिए। घट्नाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका