Monday, January 20, 2025
Homeमुख्य समाचारओली नेतृत्वको सरकार ‘चमत्कारी सरकार’- गगन थापा

ओली नेतृत्वको सरकार ‘चमत्कारी सरकार’- गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले कोभिडका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको पुनःस्थापनाको बारेमा सरकारले केही नसोचेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै थापाले केपी ओली नेतृत्वको सरकारलाई ‘चमत्कारी सरकार’ भनेर व्यङ्ग्य गर्दै उनले चमत्कारी सरकारले जनताको पक्षमा केही नसोचेको र काम नगरेको आरोप लगाए ।

थापाले कोरोनाका प्रभावले देशभित्र खुद्रा व्यापारदेखि पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएको बताए । ‘जो नेपाल फर्केका छन्, उनीहरू फर्केर जान पाएका छैनन्, यिनीहरूको पुनर्स्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ,’ थापाले भने ।

दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेका करिब १० हजार पाँच सय र प्रतिवद्ध कामदार करिब २ हजार महिनौंदेखि काठमाडौंमा अलपत्र रहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका