Monday, November 4, 2024
Homeकोरोना बिशेषओपीडी सेवा बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

ओपीडी सेवा बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग (ओपीडी) सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार ओपीडी सेवा बन्द गरे पनि आकस्मिक सेवा सुचारु राख्न भनिएको छ । मन्त्रालयले कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्न  पनि निर्देशन दिएको छ ।

मन्त्रालयले कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको आलोपालो निर्धारण गरी सेवा व्यवस्थापन निर्देश गरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका