Saturday, June 6, 2026
Homeमुख्य समाचारएमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, तेस्रो धारको बेग्लै प्रस्ताव

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, तेस्रो धारको बेग्लै प्रस्ताव

नेकपा एमाले स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा सोमबार दिउँसो १ बजे बस्दै छ । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अन्तिमरुप दिने छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा आइतबार प्रस्तुत राजनीतिक, सांगठनिक र विधान प्रतिवेदनमाथि छलफल जारी छ । उक्त तीन वटै प्रस्तावमाथि उपमहासचिव तथा तेस्रो धारका नेता घनश्याम भुसालले लिखित टिप्पणी राखेका छन् ।

माधव नेपालको साथ छोडेर आएका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, अमृत बोहोरा र रघुजी पन्तलाई एमालेभित्र तेस्रो धारका नेताका रुपमा लिइन्छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका