Saturday, November 7, 2026
Homeसामाचारएमालेले खोटाङ र धनकुटामा प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो

एमालेले खोटाङ र धनकुटामा प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो

काठमाडौँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङ र धनकुटामा प्रतिनिधिसभा उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले खोटाङबाट देवविक्रम राई र धनकुटाबाट राजेन्द्र राईलाई प्रतिनिधिसभा उम्मेदवार चयन गरेको हो । दुवै जिल्लामा प्रतिनिधिसभाअन्तर्गत एक–एक मात्र निर्वाचन क्षेत्र रहेका छन् ।

धनकुटाबाट उम्मेदवार बनेका राजेन्द्र राई यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका