Thursday, December 11, 2025
Homeटृब्युन स्पेसलएमसीसी अनुमोदन गर्न खोजे विपक्षमा उभिने कांग्रेसबाहेकका सत्ता गठबन्धनको अडान

एमसीसी अनुमोदन गर्न खोजे विपक्षमा उभिने कांग्रेसबाहेकका सत्ता गठबन्धनको अडान

काठमाडौं :  नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेतृत्वले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने प्रयास भए आफूहरु त्यसको विपक्षमा उभिने समान धारणा बनाएका छन् ।

बिहीबार बिहान सिंहदरबारमा भएको कांग्रेस बाहेकका सत्ता गठबन्धन  तीन दलको बैठकले यस्तो धारणा बनाएको स्रोतले बताएको छ।  प्रतिनिधिसभा बैठकमा आजबाट एमसीसीको बारेमा छलफल हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन जोगाएर एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धन दलहरुलाई आग्रह गरिरहेका छन् भने उनीहरु टेबल भइसकेकाले अनुमोदन गर्न हतार नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवा एमसीसी अनुमोदन गर्ने दबाबमा छन्। अमेरिकाले एमसीसी अनुमोदन गर्न दिएको समयसीमा घर्किदै गएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका