गैर आवासिय नेपाली संघ एन आर एन को अमेरिका राष्ट्रिय सवन्वय परिषदका पदाधिकारीहरुको निर्वाचन छिट्टै हुने भएकोले अमेरिकामा चुनावी सरगर्मी बढेको समाचार छ। २०२१ देखी २०२३ सम्मको कार्यकालको लागि अध्यक्ष, वरिष्ठ ऊपाधक्ष, ऊपाधक्ष, महासचिव, सचिव, कोषाधक्ष, सह कोषाधक्ष, महिला सँयोजक, युवा सँयोजक र बोर्ड अफ डाइरेक्टरहरुका पदमा निर्वाचन हुन लागेको हो। संसोधित विधान अनुसार एक महिला ऊपाधक्ष, महिला सचीव तथा छेत्रीय सँयोजकहरुको पनी चुनाव हुने छ। सो निर्वाचनमा अमेरिकाबाट प्रतिनिधित्व गर्न यहाँको सद्स्य सँख्याको आधारमा ९ जना आई सि सि सद्स्यहरु पनि निर्वाचित हुनेछन। संघको नयाँ रणनिती अनुसार राष्ट्रिय सवन्वय परिषदमा कम्तीमा एक कार्यकाल काम गरेको वा अन्तरराष्ट्रिय सम्मेलनमा प्रतिनिधि भईसकेको व्यक्ती योग्य हुनेछन।
स्वभावैले अध्यक्षका प्रत्यासीहरुको नाम बढी चर्चामा आईरहेका छन। हाल सम्म चर्चित नाममा हाल कार्यरत वरिष्ठ उपाधक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्ष वुद्दी सुवेदी तथा बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछाने रहेको छन। उहाँहरुले निर्वाचन प्रचार समेत सुरु गरीसकेका छन जस्मा कृष्ण लामिछाने र बुद्दी सुवेदी क्यालिफोर्नियामा केही समय बिताएर फर्की सकेका छन। यस वीच अन्य नामहरुमा बरीष्ठ ऊपाधक्ष पदमा बाबुराम लामा र कृष्णजीवी पन्त को चर्चा छ भने महासचिवमा क्यालिफोर्निया वसेर हाल नर्थ क्यारोलिनामा वसोवास गर्ने विनोद भट्टको नाम अग्रणी देखिन्छ।
यसका अलावा महिला ऊपाधक्षमा वर्तमान महिला सँयोजक दिक्षा बस्नेत तथा क्रान्ति अर्याल भण्डारी, ऊपाधक्षमा पूर्ण बानियाको नाम घोषित भईसकेको छ भने क्यालिफोर्निया च्याप्ट्यर प्रेसिडेन्टमा एकदेव शर्माले उम्मेदवारी घोषणा गरीसकेकोप अवस्था छ। यस वीच वरिष्ठ समाजसेवी उत्तम कुमार कार्किले आई सि सि मेम्बरमा उम्मेदवारी घोषणा गरीसक्नु भएको कुरा जानकारी प्राप्त भएको छ। कार्की पश्चिम अमेरिका नेपाली महासंघ वानाको वर्तमान अध्यक्ष, एन ए एन सि का पूर्व अध्यक्ष, नेपाली सामुदायिक केन्द्रका संस्थापक अध्यक्ष, बिभिन्न राष्ट्रिय स्तरका संस्थारुमा सल्लाह्कार हुनाका साथै प्रेसिडेन्ट भोलन्टियर सर्भिस अवार्ड २०१४ का गोल्ड मेडलिस्ट हुनाका साथै थुप्रै सम्मानपत्रहरु प्राप्त गरेका लोकप्रिय व्यक्तित्व हुनुहुन्छ। कार्कीजीको स्थिती निकै प्रभावशाली रहेको वताइन्छ।