एन आर एन ए एन सि सि यु एस् को आसन्न निर्वाचनमा महासचिवमा उम्मेदवारी दिएका लोकप्रिय समाजसेवी बिनोद भट्ट बिजयको नजीक पुगेको कुरा पर्यवेक्षकहरुले बताएका छन। नेपालको ऐतिहासिक जिल्ला गोरखामा पिता सुरेश भट्टका जेष्ठ पुत्रका रुपमा जन्मेका विनोद भट्ट एक सालीन तथा भद्र व्यक्तिका रुपमा चिनिन्छन। लामो समयसम्म बिभिन्न सामाजिक र राजनैतीक संगठनमा काम गरेर खारीईसकेका भट्टकोलागि एन आ एन ए नौलो नाम हैन। यस पटक भने उनिले एन आ एन एन सि सि यु एस् ए को २०२१ -२०२३ कार्य कालको लागि महासचिवमा उम्मेदवारी दिएका छन् । सानै उमेर देखी समुदायका एक लोकप्रिय व्यक्तिका रुपले चिनिएका बिनोदले महासचीवको उम्मेदवारी दिएपछी अमेरिका भरी चर्चित भएका हुन।
बिनोद भट्ट नेपालमा रहँदा गोरखा काठमान्डौ सम्पर्क समिती लगायत बिभिन्न संघ संस्था मार्फत तथा कतिपय बेला व्यक्तिगत स्तरमा जनसेवामा लागिरहने कुरा उहाँका परीचितहरु बताउँछन। भट्ट सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसात गर्छन् र सोही सिद्दान्त अनुरुप जिउँछन् पनि । आफ्नो गाउँमा पिछिडिएका जनजातिहरु र गरीव तथा जेहेन्दार विध्यार्थीहरुलाई आर्थिक सहयोग गर्नु भई समाजमा एक उज्यालो छबी बनाउन सफल भएका छन। सदा शान्त र हँसमुख देखिने बिनोदलाई आँखामा हाले पनि नबिझाउने व्यक्तित्वका रुपमा लिन्छन्,उन्लाई चिन्नेहरु।
सब २००६ मा अमेरिका आईसकेपछी पनि अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा लामो समयसम्म सेवारत रहेका छन । उनी नेपाल विश्व सहयोग संघ एन ए जि सिको संस्थापक उपाधक्ष, जनसंपर्क समीतीको क्यालिफोर्नियाको सभापति, एन ए एन सि का सल्लाहकार तथा नेपाली कम्युनिटी सेन्टर सवन्वय समितीमा संयोजक तथा सहजकर्ताको रुपमा सकृय रहँदै समाजलाई प्रभावसाली नेत्रित्व प्रदान गरेका छन।
महासचिवका उम्मेदवारनोद भट्ट भन्छन समय छ, अनुभव छ , काम गर्ने तिब्र ईच्छा शक्ति छ चुनाव जिते पनि हारे पनि आगामी २ बर्ष एन आर एन ए को लागि दिने अठोट गरेको छु। त्यसै गरी भट्टले एन आर एन ए सङ्ग उब्जेका केही गम्भिर प्रश्नहरु जस्तै निर्बाचन प्रकृया र सदस्यता को बिश्वसस्नियता को मुद्दालाई सम्वोधन गरेर समाधानको पहल गर्ने बताउँछन। हाल नर्थ क्यारोलिनामा आफ्नी पत्नी र दुई छोरीका साथ रहने समाजसेवी विनोद भट्ट युवा र महिलाहरुलाई एन आर एनमा सम्मानजनक स्थान दिँदै सबै अटाउने हाम्रो एन आर एन राम्रो एन आर एन बनाउ प्रतिवद्द भएको बताउँछन। पश्चिम तट क्यालिफोर्निया देखी पूर्वी नर्थ क्यारोलायना लगायत पूरै अमेरिकामा चर्चित हुनु भएकोले उहाँलाई एक बलियो दावेदारको रुपमा मानिएको छ।