Tuesday, May 20, 2025
Homeसामाचारएनआरएनए एकता महाधिवेशनमा उम्मेदवार बन्न सबैलाई खुला, २२ अप्रिलसम्म आवेदन दिन सकिने

एनआरएनए एकता महाधिवेशनमा उम्मेदवार बन्न सबैलाई खुला, २२ अप्रिलसम्म आवेदन दिन सकिने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि उम्मेदवार बन्ने प्रक्रिया सबै प्रतिनिधिका लागि खुला गरिएको छ। सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिको आइतबार सम्पन्न बैठकले संघको लोकतान्त्रिक पुनर्संरचनाका लागि यस्तो निर्णय गरेको हो।

समितिकी सदस्य–सचिव जानकी गुरुङले भनिन्, “संस्थालाई पूर्ण रूपमा लोकतान्त्रीकरण गर्दै नयाँ विधान निर्माणको तयारीमा छौं। त्यसैले सबै डेलिगेट्सले आइसिसीका कुनै पनि पदमा उम्मेदवारी दिन पाउने गरी प्रक्रिया खुला गरिएको हो।”

उम्मेदवारी दिन चाहने डेलिगेट्सले www.nrnahlc.com वेबसाइटमार्फत आवेदन दिनुपर्नेछ। डेलिगेट्स बन्ने आवेदनको अन्तिम म्याद २०२५ अप्रिल २२, राति १२ बजे (नेपाली समय) तोकिएको छ। उक्त समयावधिपछि थप समय नदिइने गुरुङले स्पष्ट पारिन्।

बैठकमा विभिन्न उपसमितिहरूका संयोजकहरूले प्रगति विवरण प्रस्तुत गरेका थिए। अब समितिको ध्यान डेलिगेट्स प्रमाणीकरण प्रक्रियातर्फ केन्द्रित हुने जनाइएको छ।

यस्तै, बैठकले ६ क्षेत्रका लागि एक–एक जना उप–क्षेत्रीय संयोजक (डीआरसी) थप गर्ने निर्णय पनि गरेको छ। साथै, संघका पूर्व अध्यक्ष देवमान हिराचनको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरिएको छ, जसमा परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिहरू पदेन सदस्य रहनेछन्।

उच्चस्तरीय समितिले खुला छलफल, संवाद र सहमतिको माध्यमबाट संस्थामा एकता कायम गर्न र आगामी २०२५ मे ३ देखि ५ गतेसम्म काठमाडौंमा प्रस्तावित एकता महाधिवेशनलाई सफल पार्न सम्पूर्ण पक्षलाई आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न अपिलसमेत गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका