Wednesday, October 9, 2024
HomeNRN चुनाव बिशेषएनआरएनए अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने चयन

एनआरएनए अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने चयन

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने चयन भएका छन् । गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक प्रकाश सापकोटाका अनुसार यसअघि बुद्धि सागर सुवेदीको अध्यक्षतामा रहेको कार्यसमिति संघको ८२ औं बैठकको निर्णय बमोजिम स्वतः खारेज भएपछि लामिछानेलाई नयाँ जिम्मेवारी दिइएको हो ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले दिएको समय सीमा भित्र आफ्नो सदस्यताको बापतको तिर्नु पर्ने रकम पटक पटक ताकेता गर्दा समेत संघको केन्द्रीय कार्यालयमा नतिरे पछि सुवेदीको कार्यसमिति कारवाहीमा परेको सापकोटाले जानकारी दिए । संघको विधान अनुरुप केन्द्रको निर्णय नमान्ने राष्ट्रिय समितिको आबद्धता खारेज गर्न सकिने प्रावधान रहेको छ ।

गैर आवासीय नेपाली संघको विधानअनुसार सुवेदीको नेतृत्वमा रहेको कार्य समितिको मान्यता स्वतः खारेज भई नयाँ कार्यसमितिको निर्वाचनका लागि तदर्थ समिति गठन गर्नु पर्ने अवस्था आएको सापकोटाले जनाए ।

सुवेदी संघका पूर्वअध्यक्ष शेष घले निकटवर्ती मानिन्छन् । उनले २० हजार पंन्जिकृत सदस्यहरुको सदस्यता शुल्क करिब १ लाख डलर केन्द्रमा बुझाएका छैनन् ।

यसअघि एनआरएनए अमेरिका क्षेत्रीय समितिको एक बैठकले सुवेदीको कार्यकालको लागि धन्यवाद दिदै सबै हरहिसाब बुझाउन निर्देशन दिने निर्णय गरेको थियो । बैठकमा क्षेत्रीय उपसंयोजकद्वयअभिमन्यु बस्नेत, पशुपती पाण्डे, पुरुषोत्तम बोहरा लगायतको उपस्थिति थियो । संयोजक सापकोटाले क्षेत्रीय समितिको पछिल्लो निर्णय संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसीलाई जानकारी दिएको बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका