Homeमनोरन्जनएक दशकपछि पारुको कमब्याक

एक दशकपछि पारुको कमब्याक

काठमाडौं : गायिका पारु राई एक दशकपछि सांगीतिक यात्रामा फर्किएकी छन्। पारुले हालै ‘तिम्रो तृष्णा’ बोलको गीतको भिडियो बजारमा ल्याएकी छन्। उनलाई भ्वाइस अफ नेपालका फाइनलिस्ट विकास लिम्बूले साथ दिएका छन्।

गायिका पारुकै शब्द रचना रहेको गीतमा संगीत ताराप्रकाश लिम्बूको रहेको छ। बेलायत र नेपालका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोको छांयाकन, सम्पादन एवं निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन्।

नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका हुन्। करिब डेढ दशक यता ब्रिटिस गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, विकास लिम्बू र वृक्षा लिम्बूले यस गीतमा अभिनय गरेका छन्।

सानै उमेरदेखि कलाकारितामा झुकाव भएकाले अवसर पाएसम्म समय मिलाएर कलाकारितामा निरन्तर लाग्ने पारुले बताइन्। भिडियोमा मेकअप बिपना गुरुङ, सह–छायांकन आशिष श्रेष्ठ र रंग संयोजन नवीन निरौलाको छ। नेपाल छँदै संगीतको आधारभूत शिक्षा लिइसकेकी पारुले प्रवासमा रहेर आफूलाई मनपर्ने पेसा अँगाल्नका लागि सोचेजस्तो सहज नभएको बताइन्। पाँचथरमा जन्मिएकी र हाल बेलायतमा पल्टने जीवन बिताइरहेकी पारु राई करिब एक दशकदेखि बेलायतमै बस्दै आएकी छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका