Homeमुख्य समाचारउपेन्द्र यादवले निर्वाचन आयोग पठाए ठाकुरसहित ४ नेता हटाएको पत्र

उपेन्द्र यादवले निर्वाचन आयोग पठाए ठाकुरसहित ४ नेता हटाएको पत्र

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएका छन् ।

१७ जेठमा बसेको कार्यकारिणी समितिको बैठकले ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्काशन गरेको भन्दै यादवले निर्वाचन आयोगमा पत्र पठाएका हुन् । उक्त पत्र आयोगमा दर्ता भएको छ ।

अध्यक्ष यादवले पार्टी विधान र दल सम्बन्धी ऐन अनुसार पार्टीबाट निष्काशन गरिएका नेताहरुको नाम दलको दर्ता किताबबाट हटाउन आग्रह गरेका छन् ।हेर्नुहोस् पत्र

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका