काठमाडौं। उत्तरपश्चिम क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। देशकै सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको यो धक्का युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे महसुस गरिएको हो।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो। केन्द्रबिन्दु अलास्काको जुनाउबाट करिब ३७० किलोमिटर उत्तरपश्चिमतर्फ र युकोनको ह्वाइटहर्स शहरबाट करिब २५० किलोमिटर पश्चिमतर्फ रहेको बताइएको छ।
भूकम्पपछि दुई परकम्प आएको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन्। क्षति भने विस्तृत रूपमा सार्वजनिक गरिएको छैन।


