Thursday, October 29, 2026
Homeराजनीतिउज्यालो नेपाल पार्टी चुनावी मैदानमा, राष्ट्रिय परिवर्तन पार्टीसँग एकीकरण

उज्यालो नेपाल पार्टी चुनावी मैदानमा, राष्ट्रिय परिवर्तन पार्टीसँग एकीकरण

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी औपचारिक रूपमा चुनावी मैदानमा उत्रिसकेको बताएका छन्। सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण भएको जानकारी दिए।

अध्यक्ष घिसिङका अनुसार एकीकरणपछि राष्ट्रिय परिवर्तन पार्टीका केही समानुपातिक उम्मेदवारलाई उज्यालो नेपाल पार्टीको समानुपातिक बन्दसूचीमा समावेश गरिएको छ। दुवै पार्टीका समानुपातिक उम्मेदवार राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिन्ह ‘बाँसुरी’ अन्तर्गत रहेकाले समानुपातिकतर्फ बाँसुरी चिन्ह प्रयोग गरिने उनले स्पष्ट पारे।

उनले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने उज्यालो नेपाल पार्टीकै चुनाव चिन्ह ‘चिम’ कायम रहने जानकारी दिए। अध्यक्ष घिसिङले मतदातालाई समानुपातिकतर्फ बाँसुरी चिन्हमा र प्रत्यक्षतर्फ चिम चिन्हमा मतदान गर्न आग्रह गरे।

उनले भने, “हामी चुनावी मैदानमा आएका छौं। यस क्रममा राष्ट्रिय परिवर्तन पार्टीसँग एकीकरण गरेका छौं। उहाँहरूका केही समानुपातिक उम्मेदवारलाई हाम्रो बन्दसूचीमा समावेश गरिएको छ। राष्ट्रिय परिवर्तन पार्टीको चिन्ह बाँसुरी भएकाले समानुपातिकतर्फ बाँसुरी चिन्हमा मतदान गर्न आह्वान गर्छु। प्रत्यक्षतर्फ भने चिम चिन्हमै मतदान गर्न अनुरोध गर्दछु।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका