कोशी बाँधमा उच्च सतर्कता (रेड अलर्ट) जारी गरिएको छ। बाँध व्यवस्थापन समितिले फेसबुकमार्फत जानकारी दिँदै हाल बाँधमा पानीको स्तर ५,३३,५४० घनमिटर पुगेको र अझै बढ्दो क्रममा रहेको जनाएको छ।
समितिले वर्तमान स्थिति अत्यन्तै खतरनाक रहेको उल्लेख गर्दै बाँधका ५६ गेट खोलिएको जानकारी दिएको छ। साथै, स्थानीय प्रशासन र आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक सुरक्षात्मक तयारीमा रहन आग्रह गरिएको छ।


